फाइल तस्वीर
काठमाडौं – आज सोमबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल भएको छ । मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरुले विभिन्न टिप्पणीहरु गर्नुभएको थियो ।


राष्ट्रियसभाको बैठक भोलि मङ्गलबार पनि बस्ने भएको छ । भोलि हुने बैठकमा विभिन्न सात मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।


भोलिको बैठकमा पेश भै छलफल हुने विनियोजन विधेयकहरुमा शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी शीर्षकहरुमा छलफल हुनेछ । भोलि मङ्गलबारको बैठक दिउँसो १ बजे बस्ने छ ।