फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा बैठक दिउँसो १ बजे बैठक भएको हो । आजको बैठकमा विभिन्न विधेयकमाथि दफाबार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक २०७९ माथि दफावार छलफलका लागि पेस गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

यसैगरी आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।