साङ्केतिक फाइल तस्वीर
डडेलधुरा – अमरगढी नगरपालिका २ स्थित कारीगाउँमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको उक्त ट्याक्टर गएराति करिब साढे ११ बजे सडकबाट तल खसेको हो ।

उक्त ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना हुँदा चालक बेपत्ता बेपत्ता छन् । चालकको दुर्घटनास्थल वरिपरी खोजीगर्दा उनलाई नभेटिएको र ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।