फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमसीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर आशङ्का व्यक्त गर्नुभएको छ ।

सभापति खरेलले आज आइतबार बसेको समितिको बैठकमा बोल्दै ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन ? भन्दै जनताले अहिले यस्तै आशङ्का गरेका छन् भन्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उपस्थित हुन आग्रह गरेको थियो । प्रधानमन्त्री देउवा भने बैठकमा अनुपस्थित हुनुभएको प्रति सभापति खरेलले दुखेसो व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न आजको बैठकमा प्रधानमन्त्रीलाई पत्रलेखेर बोलाइएको थियो । तर प्रधानमन्त्री देउवाको सचिवालयले अन्तिम समयमा उपस्थिति हुन नसक्ने जानकारी गराएको थियो ।