फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ । आज आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् बैठक हेरफेर र सङ्घीय र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल भएको बताइएको छ ।

आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०२७९/०८० को बजेट संसद्बाट पारित भएपश्चात् मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेको बालुवाटार स्रोतले बताएको छ ।

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना मन्त्री फेर्ने सचिवालयको निर्णयलाई स्थायी कमिटिबाट अनुमोदन गराएको छ । दुई हप्ता अघिमात्रै उसले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरुको नामावली पेश गरिसकेको थियो ।