फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अङ्क बन्न नसक्ने बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित वर्तमान कुटनीतिक अभ्यास र यसका प्रभावहरु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले राष्ट्रहितविपरीत नेपाल शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने बताउनु भएको हो ।

अमेरिकाको ‘स्टेट पाटर्नरसिप प्रोग्राम’ (एसपीपी) का बारेमा धेरै आशङ्काहरु रहेको भन्दै नेता ज्ञवालीले यस विषयमा राज्यले थप स्पष्ट पार्नुपर्नेमा जोड दिनु भएको छ । नेता ज्ञवालीले तत्कालीन समयमा नेपाली सेनाले राजनीतिक नेतृत्वलाई कुनै जानकारी नै नदिई पत्र लेखेको पाइएको आरोप समेत लगाउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै ‘नेपाली सेनाले एसपीपीबारे निर्देशन पाऊँ भनेर रक्षा मन्त्रालयलाई पत्राचार गरेको देखियो । तर, संविधान, कानुन, तालुकदार मन्त्रालयसँग कुनै परामर्श गरेको देखिएन’– नेता ज्ञवालीको भनाइ थियो । पूर्वमन्त्री ज्ञवालीले सोही अवसरमा बोल्दै ‘जङ्गी अड्डाले पत्र पठायो । रक्षा मन्त्रालयले मेरो पनि प्रतिनिधि राखेर अघि बढाउनु भनेको पाइयो । सेनाले पत्राचार ग¥यो । त्यो कुरा तालुकदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई सामेल गराएको प्रमाण लिखत भेटिँदैन । सम्भवतः सेनाले ठान्यो– रक्षा मन्त्रालयले ‘गो अहेड’ भनेको छ ।’

एमाले नेता ज्ञवालीले सन् २०१९मा इण्डोे प्यासफिकको रिपोर्टमा नेपाल र श्रीलङ्कालाई एसपीपीको नयाँ सदस्यका रूपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरेको दावी समेत गर्नुभयो ।