फाइल तस्वीर
काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको जिकिर गर्नुभएको छ । आज शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताउनु भएको हो ।

उपाध्यक्ष पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई आउँदो निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने दावी गर्नुभयो । नेता पौडेलले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली काङ्ग्रेससँग ‘बार्गेनिङ’ गरिरहेको भन्दै नेकपाको दुईतिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताउनु भयो ।