फाइल तस्वीर
कञ्चनपुर – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले इमान्दार भएर जनताको हितमा काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा आयोजित निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै जनताको हितमा काम गर्न निर्देशन दिनुभएको हो ।

पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न आग्रह गर्दै जनता रहे मात्र राजनीतिक पार्टी रहने भएकाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम गर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो ।

कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका नेताद्वय रमेश लेखक र नारायणप्रसाद साउदको समेत उपस्थिति थियो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।