फाइल तस्वीर
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई पूर्णरुपमा अस्विकार गर्नुपर्ने बताउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जातमार्फत् एसपीपी रणनीतिक सैन्य साझेदारीको विषय भएको भन्दै श्वेतपत्र नै जारी गरेर त्यसलाई अस्विकार गर्नुपर्ने बताउनु भएको हो ।

नेता श्रेष्ठले ‘एसपीपी’ अमेरिकाले भनेजस्तो बिपद व्यवस्थापन जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर भन्दै मूलतः रणनीतिक सैन्य साझेदारी भएको दावी गर्नुभएको छ ।

नेपालको प्रधानसेनापतिले एसपीपीका लागि अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारले समेत त्यसमा सहमति जनाएको हुनसक्ने श्रेष्ठले आशङ्का रहेको उल्लेख गर्नुभएको छ ।

नेता श्रेष्ठले एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरुमा समेत गम्भीर छैनन् भन्ने पुष्टि भएको उल्लेख गर्नुभएको छ ।