काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालको सम्लग्नता नहुने भनि अमेरिकालाई स्पष्ट जवाफ दिन सरकार र जङ्गी अड्डालाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायत सांसदहरुको उपस्थितमा भएको छलफल पछि एसपीपीमा नेपालको सम्लग्नता नहुने गरी जानकारी गराउन निर्देशन दिएको हो ।

आज शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिकको हिस्साको रुपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्धारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल सम्लग्न नहुने कुरा रुपष्ट रुपमा औचिारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने’ भनि निर्णय गरेको छ ।