साङ्केतिक तस्वीर
काठमाडौं – पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा दुई जना र धादिङमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।

बिहीबार राति गएको पहिरोले पुरिएर सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुरिएर दुई जनाको मृत्यु भएको छ ।
यसैगरी धादिङको गङ्गाजमुना गाउँपालिका–७ गाँउ पनि अविरल वर्षाका कारण घरमा पहिरो खस्दा ८३ वर्षीया धनमाया सार्कीको मृत्यु भएको छ । राति आएको पहिरोले घर पुरिएर पछि वृद्ध धनमायाको मृत्यु भएको प्रहरीले बताएको छ ।

ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र ३४ वर्षीया बुहारी यशोधा अधिकारी रहेका प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर घाइते भएका ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ लगिएको छ ।