फाइल तस्वीर
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा माथि दोष थोपर्नु भएको छ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो धारणा राख्नु भएको हो ।

एमाले अध्यक्ष ओलीले आफु त्यतिबेला प्रधानमन्त्री भएपनि २०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारका अनुमति विनै यस्तो पत्र लेखेको बताउनु भएको छ । सरकारको अनुमतिअनुसार एसपीपीमा संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि अध्यक्ष ओलीले यसमा आफ्नो कुनै सम्लग्नता नरहेको दावी समेत गर्नुभएको छ ।

यता सेनाका अवकाश प्राप्त अधिकारीका अनुसार नेपाली सेनाले राष्ट्रिय सरोकारका विषयमा सरकारका उच्च अधिकारीहरुसँग अनुमति लिएर मात्रै सम्झौता हुने गर्दछ । बहालवाला प्रधानमन्त्री वा रक्षा मन्त्रालयको अनुमति बेगर नेपाली सेनाले केही पनि गर्न नसक्ने बताएका छन् । यसको अर्थ एसपीपीसँग सम्लग्नता हुने सम्बन्धमा तात्कालीन सरकारको अनुमति नलिकन यस्तो सम्झौता भएको छैन ।