फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे बैठक बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन – २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन – २०७९ पेश गर्नु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुहुने छ । यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ पनि प्रस्तुत हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।