काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने भएको छ । गत वैशाख ३० मा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण दिन लागेको हो ।

एमाले सचिवालय बैठकको निर्णयअनुसार आज र भोलि जनप्रतिनिधिलाई प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ ।