काठमाडौं – प्राथमिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ७/७८/७९ शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोगले अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वार्ताका लागि छनोट गरेको हो ।

छनोट भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।