फाइल तस्वीर
काठमाडौं – नेपाल समक्ष अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपाली राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । यसै सन्दर्भमा एसपीपीलाई स्वीकार गर्न नहुने भन्दै नौ वटा विभिन्न राजनीतिक दलहरुले सरकारसँग माग गरेका छन् ।

बुधबार नेकपा क्रान्तिकारी, मोहन वैद्य किरण नेतृत्वको नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, माओवादी कम्युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेकपा माओवादी समाजवादी, नेकपा मसाल केसस र जनसमाजवादी मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गर्न लागेको चिन्ता व्यक्त गर्दै यस्तो कार्य तुरुन्त बन्द गर्न माग गरिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि नेपालमा अमेरिकाको हस्तक्षेप बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको भन्दै ९ वटा कम्युनिस्ट दलहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।