काठमाडौं – काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनीमा हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय प्रियान्स उप्रेतीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरीवृत्त महाराजगञ्जले नियन्त्रणमा लिइएको जनाएको छ ।