काठमाडौं – अहिले डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गर्न थालिएको छ । क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो । कुनै विशेष किसिमको जानकारीलाई साङ्केतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग गर्ने गरिन्छ ।

अधिकांश कम्पनीहरूले आफ्ना उत्पादनको बक्स अर्थात बाहिरी खोलमा क्युआर कोड दिएका हुन्छन्। हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।
जापानको अटोमोबाइल उद्योगमा पहिलो पटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रूपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ । क्यूआर कोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरू पर्दछन् ।

अझ स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ। दैनिक अर्बौं मानिसहरू मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सकिन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ ।

‘क्युआर कोड’को बनावट वर्गाकार हुन्छ । जसको सेतो पृष्ठभूमिमा कालो स्क्वायर बक्सहरू छन् । यसबाहेक, क्यूआर कोडको तीन भागमा स्क्वायर बक्सहरू बनाइन्छ । यो कोड लागू गरिएको वस्तुको बारेमा सबै जानकारी कोडमा राखिएको हुन्छ ।

कसरी बनाउने त ‘क्युआर कोड’ ?

तपाईं सजिलैसँग आफ्नो व्यापार, भिजिटिङ कार्ड, वेबसाइट ग्च्ी, मोबाइल एपको लागि त्तच् कोड बनाउन सक्नुहुन्छ । केही वेबसाइटले निःशुल्क त्तच् कोडहरू बनाउन अनुमति दिन्छन् । तर यसका लागि तपाईसँग स्मार्टफोन वा कम्प्युटर हुनुपर्छ । तपाईंले सिँधै द–क्युआरकोड–जेनेरेटर डट कम मा गएर पनि क्युआर कोड बनाउन सक्नुहुनेछ । वेबसाइटहरूबाट आफ्नै त्तच् कोड बनाउन तलका चरणहरू पुरा गर्नुपर्छ ।

  • सबै भन्दा पहिले QR कोड Generator वेबसाइट खोल्नुहोस्।
  • यहाँ तपाईंले QR कोड सिर्जना गर्न URL,  Free text, Contact अथवा एपको अप्सन भेटाउनु हुनेछ। तपाईंले QR कोड बनाउन चाहेको अप्सनमा जानुहोस्।
  • URL – वेबसाइट QR कोड उत्पन्न गर्न।
  • Free Text- SMS बनाउन। 
  • Contact- Visiting Card बनाउनको लागि।
  • App – मोबाइल App डाउनलोड गर्न।
  • उदाहरणको लागि : यदि तपाईं वेबसाइटको लागि QR कोड बनाउन चाहनुहुन्छ भने URL छनोट गर्नुहोस्। 
  • त्यसपछि वेबसाइटको URL टाइप गर्नुहोस्।
  • URL टाइप गर्ने बित्तिकै QR कोड तयार हुनेछ। 
  • तपाईंले यहाँ QR कोड डाउनलोड वा Copy  गर्ने अप्सन भेटाउनु हुनेछ, जसमा क्लिक गरेर तपाईंले डाउनलोड वा Copy गर्नसक्नुहुन्छ। तपाईंले यसलाई प्रयोग गर्न चाहेको ठाउँमा राख्न सक्नुहुनेछ।
तपाईलाई लाग्छ होला यो क्युआर कोड सहज छैन होला। तर यो क्युआर कोड बनाउन सहज छ। तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ। ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ।

क्युआर कोडमा सबै विवरण हरु सुरक्षित राख्न सकिन्छ। क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउछ। त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा  राखेको सबै विवरण हरु देखाउछ। क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन। क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ।
 क्युआर कोड बनाउने केहि वेबसाइटहरु

१) https://www.qr-code-generator.com/

२) https://www.the-qrcode-generator.com/

३) http://goqr.me/

४) https://www.qrstuff.com/