फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभा बैठकमा बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको खुलासा भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै गत जेठ १४ गते कर छुट गराउन ती विदेशीको परिचय खुलाउन माग गर्नुभएको छ ।

सांसद सुवालले ‘जेठ १४ गते राती १२ बजे अर्थ मन्त्रालयमा प्रवेश गर्ने दुई जनामध्ये एक जनाको परिचय अझै खुलेको छैन । सीए भनिएको त्यो विदेशी नै हुनुपर्छ भन्ने कुरा बाहिर आएको छ । तर कुन देशको नागरिक हो भन्ने बाहिर आएको छैन । विदेशी नागरिक अर्थ मन्त्रालयका कर छुट गराउन कसरी पुगे ? अर्थमन्त्रीजीले कसरी बाटो दिनु भयो ?’ भनि प्रश्न गर्नुभयो ।

सांसद सुवालले बैठकमा ती विदेशीलाई प्रवेश गराएर गठबन्धन दलहरुले कति कमिशन पाए ? त्यो समेत स्पष्ट पार्न माग गर्नुभयो । अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति कर छुट दिएको हो ? त्यसको बारेमा पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउन माग गर्नुभयो ।