काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला गरेको छ ।

यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले गए राति ९ बजेदेखि वर्ग थपको लागि आवेदन खुलाएको हो ।

विभागले वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।