फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज मङ्गलबार पनि बस्दै छ । बजेट अधिवेशनका रुपमा सञ्चालन भैरहेको प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय मन्त्री, खानेपानी मन्त्री र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनुहुने कार्यसूची रहेको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ ।