फाइल तस्वीर
काठमाडौं– मनसुन सुरुभएसँगै देशैभरीको मौसममा बदली भैरहेको छ । मनसुन सक्रिय हुँदा प्रदेश एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ ।

मनसुनी वायुको सामान्य प्रभाव रर अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक र अन्य प्रदेशहरुका केही पहाडी क्षेत्रमा बदली भै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार मङ्गलबार प्रदेश एक, मधेस प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागहरूमा आंशिक देखि मौसम सफा रहनेछ ।

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको तराइका भू–भागहरूमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।