गोरखा – जिल्ला समन्वय समिति गोरखाको प्रमुख र उपप्रमुखसहित नयाँ कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । आज सोमबार भएको निर्वाचनबाट प्रमुख र उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा नगरपालिकाका मोहन बहादुर थापा मगर र उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लिला परियार चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा बारपाक सुलिकोटबाट मोहन ढकाल, भीमसेन थापाका मोहम्मद हकिम, गण्डकीका शिवप्रसाद रेग्मी, अजिरकोटका इन्दिरा देवकोटा, सिरानचोकका मिरा उपरकोटी, धार्चेका परमिना घले, पालुङटारका गङ्गाबहादुर बयलकोटी चयन हुनुभएको छ । सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरुको एकल उम्मेदवारी परेको थियो । नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख मगरलाई मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले शपथ ग्रहण गराउनुभएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख मगरलाई सोमबार जिल्ला समन्वय समिति हलमा आयोजित एक कार्यक्रमकाबिच शपथ ग्रहण गराइएको हो । त्यसलगतै जिल्ला समन्वय समिति प्रमुख मगरले उपप्रमुख र सदस्यहरुलाई शथप ग्रहण गराउनुभएको थियो ।