मकवानपुर – हेटौंडा उप–महानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । मृतक रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनार रहेको बताइएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ख ०२४२ नम्बरको बसले सुनारद्धय सवार ना २ अ ६४ नम्बरको अटो रिक्सालाई गएराती २ बजे ठक्कर दिएको थियो ।

रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने घटनापछि फरार रहेका बस चालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।