फाइल तस्वीर
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार मुलुकभरको मनसुनी वायुको प्रभावले मौसम बदली हुनेभएको छ । देशमा प्राय सबैक्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार बिहान एक नम्बर प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । सोमबार राति देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।