फाइल तस्वीर
काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकमा छलफल गर्न तीन वटा एजेण्डा तय गरेको छ । आइतबार महासचिवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले भोलि सोमबार बस्ने पार्टी सचिवालयको बैठकमा प्रस्तुत गर्ने एजेण्डा पक्का गरेको हो ।


आज आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय छ ।

भोलि सोमबार दिउँसो १ बजेलाई पार्टीको एमाले सचिवालय बैठक बोलाइएको छ । नेकपा एमालेका नेताहरुले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको तथा कतिपय स्थानमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरुप नतिजा नआएको बताउँदै आएका छन् ।

एमालेले महाधिवेशन सम्पन्न भएको करिब आठ महिना हुनलाग्दा समेत पार्टीका विभागहरु विस्तार गर्ने काम बाँकी रहेकोले त्यसलाई पूर्णता दिने र पार्टीका तर्फबाट उम्मेदवारभै स्थानीय तहमा निर्वाचिन जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने बताइएको छ ।