बाँके – बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दियाको सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश वलीको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

अर्को मोटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।