फाइल तस्वीर


काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा खेती गर्ने बेलामा किसानहरुले मल नपाएको भन्दै सांसदहरुले आवाज उठाएपछि सभामुख सापकोटाले सरकारले ध्यानाकर्षण गराउनु भएको हो ।

सभामुख सापकोटाले किसानहरुलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई ‘रुलिङ’ गर्नुभएको छ ।सभामुख सापकोटाले ‘माननीय सदस्यहरू, खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न÷गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’ भन्नुभयो ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।