काठमाडौं – हरि सास्कृतिक केन्द्र गोरखाले ‘अनेकौका दृष्टिमा राष्ट्रनिर्माता’ कृतिका लागि सर्जकतथा साहित्यकार हरिप्रसाद सोडारीलाई ‘हरि उत्कृष्ठ प्रतिभा पुरस्कार’ बाट सम्मान गरेको छ ।

शनिबार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमकाबीच सोडारीलाई सम्मान गरिएको हो ।

साठ्ठीको दशक देखी नेपाली भाषा साहित्य इतिहास ,धर्म र संस्कृतिको क्षेत्रमा अनवरत साधनारत रहँदै दर्जनौं कृतिको सम्पादन र अनुवादन गरी बाङ्मयको श्रीवृद्धिमा पुर्याएको योगदानका लागि सम्मान गरिएको केन्द्रले जनाएको छ ।