फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि तय गरिएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

महासचिव अध्यक्ष रहेको र उप–महासचिव एवंम् सचिवहरू सदस्य रहेको बैठकले सोमबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्न नेकपा एमालेले जनाएको छ ।

एमालेले केन्द्रीय सचिवालयको बैठक भोलि सोमबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।