मकवानपुर – हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपतिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकी नै मृत्यु भएको प्रहरीले जनाएको छ । भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।