बर्दिया – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू हुनुहुन्छ ।

यसैगरी महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र विमला थारू र दलित वा अल्पसङ्ख्यक सदस्यमा सुनिता नेपाली निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदमा काङ्ग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको हो ।