काठमाडौँ – जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख र उपप्रमुख सहित ५ सदस्यमा काङ्ग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । काङ्ग्रेसबाट प्रमुख र उपप्रमुख सहित ७ सदस्य निर्वाचित भएका हुन् । सदस्यमा नै नेकपा माओवादी केन्द्रबाट एक जना र एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समिति प्रमुखमा काङ्ग्रेसका सन्तोष बुढाथोकी, उपप्रमुखमा काङ्ग्रेसकै शान्ति पाण्डेसहित खुल्ला ३ सदस्य, २ महिला सदस्यमा काङ्ग्रेसको मात्रै उम्मेदवारी परेको हो ।

यसैगरी एकीकृत समाजवादीबाट एक महिला सदस्य र नेकपा माओवादी केन्द्रका एक दलित सदस्यको मात्रै उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।