काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का उप–महासचिव डा. विजय पौडेलको स्वास्थ्य स्थिति बुझ्न बाँसबारीस्थित गङ्गालाल अस्पताल पुग्नुभएको छ । हृदयाघात भई गङ्गालालमा उपचारत डा.पौडेललाई भेट्न जानुभएको हो ।

अस्पतालमा उपचारार्थ पौडेलको स्वास्थ्य अवस्था ठीक भएपनि चिकित्सकले केही दिन निगरानी राख्नुपर्ने सुझाव दिएका छन् । पौडेल केही दिन अस्पतालमै बस्नुहुने छ । उपमहासचिव पौडेलको स्वास्थ्य अवस्था राम्रो भएकोले पर्सी आइतबार अस्पतालबाट डिस्चार्ज हुनुहुने बताइएको छ ।