काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्ष कलाकारलाई पनि प्रयोग गर्ने अनुमति दिनका लागि गृह मन्त्रालयलाई पत्राचार गर्नुभएको छ ।
यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुग्नुभएको थियो । मन्त्री आलेको निर्देशनपछि पर्यटन मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।