काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक– २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ ।

सङ्घीय संसद सचिवालयका अनुसार आजको संसद् बैठकमा परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुनेछ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।