काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । गए राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य १२ रुपैयाँले बढेर प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ ।

एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । एलपी ग्याँस अहिले प्रति सिलिन्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको हो । घाटा बढेर भारतीय आयल कर्पाेरेशन (आईओसी)लाई बुझाउनुपर्ने बक्यौता रकम बढेपछि निगमले मूल्य बढाएको हो ।

No description available.