फाइल तस्वीर

काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार बसेको मन्त्रीस्तरीय निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो ।

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई पहिलो तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखाले बुस्टर डोज भोलि शुक्रबारबाट सञ्चालन गरिने बताएको छ ।

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।