प्रतिकात्मक तस्वीर

बाँके – बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिँडीरहेको बेलामा ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।