साङ्केतिक तस्वीर

दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीको रामपुरस्थित सडकखण्डमा रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. २ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो ।

आज बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही ४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेग्मीको मृत्यु भएको हो ।