काठमाडौं – सत्तारूढ दल नेपाली काङ्ग्रेसकी सांसद डिला सङ्ग्रौलाले सरकार जिम्मेवार र बफादार नबनेको बताउनुभएको छ । नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको उहाँको भनाइ छ ।

खेती लगाउने बेला किसानले मल नपाएको र महङ्गीले नागरिकको ढाड सेक्दा पनि महङ्गी नियन्त्रणमा सरकारले ध्यान पु¥याउन नसकेको काङ्ग्रेस सांसद सङ्ग्रौलाको भनाइ थियो ।

उहाँले हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा संसद्को आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सरकार कहाँ छ ? जिम्मेवार र बफादार बन्नुपर्दैन ?’