काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक (विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम समेत) को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परिषद्ले वैशाख १४ र २८ गते र जेठ १९ गते प्रकाशित परीक्षा आवेदन फाराम भरेका सेमेस्टर परीक्षा प्रणालिको डिप्लोमा तहका प्रथम वर्ष प्रथम खण्डका विद्यार्थीको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फाराम भरेका डिप्लोमा इन इञ्जिनियरिङतर्फ सिभिल, आर्किटेक्चर, रेफिजेरेटर एन्ड ए।सी। मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेटिक्स, कम्प्युटर, हाइड्रोपावर, फुड एन्ड डेरी टेक्नोलोजी, इन्फर्मेसन टेक्नोलोजी, होटल मेनेजमेन्ट, सोसल वर्क, एन्टरपैनरसिप डेभलपमेन्ट तथा कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमको प्रथम वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाका केन्द्र निर्धारण गरेको छ ।

परीक्षा आगामी असार २ गते बिहान ७ बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षा सम्बन्धित परिषद्, प्रदेश कार्यालयहरूको सिफारिसमा परीक्षा केन्द्र सार्वजनिक गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।screenshot_6.jpg