काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्दै छ । बिहान ११ बजेदेखि जारी बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुने बताइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

बैठकमा सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।