महेन्द्रनगर – जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काङ्ग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति उपप्रमुखमा काङ्ग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ ।

जिल्ला समन्वय समिति सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लीला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिमा अरू दलले उम्मेदवारी दिएका थिएनन् । रासस