बाग्लुङ – दुई दिन देखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँ–ठाउँमा खसेका पहिराले लोकमार्ग क्षत–विक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस