काठमाडौं – प्रारम्भिक बालविकास इसीडी शिक्षकहरूले स्थानीय सरकारलाई मागपत्र बुझाउन थालेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर पालिकाको नेतृत्व गर्न आएका जनप्रतिनिधिहरूलाई इसीडी शिक्षकहरूले पेसागत समस्या समाधानका लागि मागपत्र बुझाउन थालेका हुन् ।

सोनु राना मगर नेतृत्वको नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास नगर समिति इनरुवा, सुनसरीले इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसमक्ष मागनपत्र बुझाएका छन् । इसीडी शिक्षकहरूले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेख भएबमोजिम स्थानीय तहले ब्यहोर्नु पर्ने सात हजार रूपैयाँ निःशर्त उपलब्ध गराउनु पर्ने र आर्थिक वर्ष २०८९÷८० को बजेटमा उल्लेख भएअनुसार अन्य सरकारी कर्मचारी सरह १५ प्रतिशत तलबभत्ता वृद्धि गरी दिनुपर्ने माग राखेका छन् ।

1654666058-xqfqJ.jpg

1654665978-h2hvC.jpg

त्यसैगरी नेपाल विद्यालय कर्मचारी परिषद्, सैनामैना नगरपालिका, रूपन्देहीले इसीडी शिक्षक र कर्मचारीको तलब सम्बन्धमा सैनामैना नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।