काठमाडौं – काठमाडौंबाट फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई धादिङको बञ्चरेडाँडाका स्थानीयले आज पनि अवरोध गरेका छन् । फोहोर विसर्जनस्थलतर्फ गएका ट्रकलाई मङ्गलबारदेखिकै अवरोध गरेका छन् ।

अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा रोकिएका छन् । हिजो मङ्गलबार पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १ सय ५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयपछि काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौताले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीयहरु आन्दोलित नै रहेका छन् ।