फाइल तस्वीर
काठमाडौं – सरकारले भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको छ । कृषि योग्य भूमि खण्डीकरण गर्ने कार्य तिब्ररुपमा विकास भएकोले सरकारले यस्तो निर्णय गरेको हो ।

यसैगरी आवासीय प्रयोजनाका लागि कम्तिमा पनि चार आना ९१३० वर्गमिटर० भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाउने नियम समेत ल्याएको छ । जग्गाको कित्ताकाटबारे लामो समयदेखि हुँदै आएको विवादलाई सरकारले ऐन जारी भएको दुई वर्षपछि नियमावलीमार्फत् कडाइ गरेको हो ।

नियमावलीमा कृषियोग्य जमिनलाई काठमाडौं उपत्यकामा पाँच सय वर्ग मिटर, तराई, भित्री मधेसमा ६ सय ७५ वर्गमिटरभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएको छ । बाँकी क्षेत्रमा हरेको कृषि योग्य जमिनमा एक हजार वर्ग मिटरभन्दा सानो हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

आवासीय प्रयोजनका लागि भने पाँच सय वर्गमिटरभन्दा सानो कित्तामा चौडाइभन्दा लम्बाइ चार गुणा बढी हुने गरी कित्ताकाट गर्न पाइने भएको छ ।