काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई छलफलका लागि संसदको महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आज बसेको बैठकमा सहभागी एमालेका प्रतिनिधिहरुले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयागत ढङ्गले अघि बढाउन माग गर्नुभएको हो ।

समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गर्नुभएको हो । ‘महाभियोग प्रस्ताव समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गर्नुभएको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते सत्तारुढ दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको थियो । हालसम्म समितिको एक पटक मात्र बैठक बसेको संसद सचिवालयले जनाएको छ । बैठकमा महाभियोगको प्रस्ताव नआउँदा काम अगाडि बढ्न सकेको छैन । प्रधानन्यायाधीश जबरा भने निलम्बनमा हुनुहुन्छ ।