काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुरसहित बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना माग सम्बोधनका लागि ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

त्यसैगरी मधेश आन्दोलन र थरुहट आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने लगायतका माग पूरा गर्न लोसपाले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको छ ।

लोसपाले संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अङ्गीकृत सम्बन्धी हालको व्यवस्थालाई नागरिकतासम्बन्धि कानुनमा निरन्तरता दिन माग गरेको छ ।